image
image

निषेधाज्ञामा पनि सेयर बजार खुल्ने भएपछि लगानीकर्तामा पलायो झिनो आशा 

काठमाडौं । सोमबार निषेधाज्ञाको हल्लाले आतिएका लगानीकर्तामा आश देखिएपछि मंगलबारको बजारमा बृद्धि देखिएको छ । बजार ९२.४६ अंकले बढेर २५९९.७ बिन्दुमा अडिएको छ । तर कारोबार रकम भने खुम्चिएको छ । मंगलबार ५ अर्ब १० करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सबै समूहमा हरियाली छाएको छ ।

आज अपर तामाकोशीको सेयरले सबैभन्दा बढी कमाएको छ । यसको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८ सय ४७ रुपैयाँ पुगेको छ । दोस्रो बढी कमाउनेमा विशाल बजार कम्पनी रहेको छ । यसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता सेयर मूल्य ४ हजार २ सय १५ रुपैयाँ रहेको छ । 

कारोबार रकमको आधारमा पनि अपर तामाकोशी हाइड्रोपावर नै अगाडि  छ । यसको २३ करोड ८२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दोस्रो बढी कारोबार हुनेमा निफ्रा रहेको छ । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।