निषेधाज्ञा जारी हुने निर्णयसँगै नयाँ बसपार्कमा यात्रुको घुइचो
काठमाडौँ । गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको घुइचो बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठमले वैशाख १६ गचे बिहनादेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको भीड भएको हो ।
लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् । बझाङ जानका लागि टिकट काट्न सोमबार साँझ नयाँ बसपार्क पुगेका जयराज जोशीले टिकट नपाएको गुनासो गरे । लामो दूरीका सवारी साधन थोरै भएका कारण पनि नयाँ बसपार्कमा टिकट अभाव भएको हो ।
नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले बिहानदेखि नै नयाँ बसपार्कमा भीडभाड बढेको बताए । नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । नयाँ बसपार्कमा दैनिक ८०० देखि १ हजार सार्वजनिक यातायात दैनिक ओहोरदोहोर गर्दै आएका छन् ।