image
image

रुपन्देहीमा वैशाख १६ देखि २९ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय

काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी०ले रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।

डीसीसीएमसीको बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा सिफारिस गर्ने निर्णय गरेको हो ।

उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निषेधाज्ञाको सिफारिश गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए ।

डीसीसीएमसीको सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारीले बुधबार ९भोलि० औपचारिक निर्णय गरी निषेधाज्ञा आदेश जारी गर्ने छन् । निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक वाहेक सबै सेवा र व्यवसाय बन्द हुनेछन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पहाडमा २०० र तराइमा ५०० बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।