स्वास्थ्य अवस्था गम्भीर भए सम्पर्क गनुहोस्, दिल्लीस्थित नेपाल दुतावासको आग्रह
काठमाडौँ । भारतस्थित नेपाली दूतावासले त्यहाँ रहेका सबै नेपालीलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ। भारतमा कोरोना संक्रमणको गति बढ्नुका साथै मृतकको संख्या अत्याधिक बढेको अवस्थामा दूतावासले आज एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य सतर्कता अपनाउँदै सुरक्षित रहन आग्रह गरेको हो।
दूतावासले भिडभाडबाट टाढा रहन, मास्कको प्रयोग गर्न र आवश्यक काम परेमात्रै घरबाट बाहिर निस्किन अनुरोध गरेको छ।
दूतावासले आपतकालिन अवस्थामा वा स्वास्थ्य उपचारको सिलसिलामा तत्काल कुनै कागजात आवश्यक परे ह्वाट्सएपबाट सेवा लिन सकिने समेत जनाएको छ। साथै स्वास्थ्य अवस्था गम्भीर भएमा सहयोग र सहजीकरणका लागि ९१९२०५१९५००९ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।