image
image

९ महिनामा ३ अर्ब बढीको चिया निर्यात

काठमाडौं । कोरोना महामारीको बेलामा पनि चालु आर्थिक वर्षको ९ महिनासम्म ३ अर्ब बढीको चिया निर्यात भएको छ । गएको वर्ष कोरोना महामारीले धेरै क्षेत्रमा नकारात्मक असर पारेको तर अन्य क्षेत्रको तुलनामा नेपालको चिया क्षेत्रले त्यति धेरै क्षति व्यहोर्नु नपरेको कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जनाएका छन् ।

लकडाउनका बीच पनि स्वास्थ्यसम्बन्धी सरकारले तय गरेका मापदण्डहरू पालना गरी बोर्डको अग्रसरतामा चियाबगान र उद्योगहरू सञ्चालनमा रहेकाले अन्य बाली एवं वस्तुको उत्पादनमा गिरावट आउँदा पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि भएको उसको भनाइ छ । चालु आ.व.को ९ महिनाको अवधिमै ३ अर्ब ६ करोड रूपैयाँ बराबरको ९ हजार बढी मेट्रिक टन चिया निर्यात भएको तथ्यांक भन्सार विभागको रहेको बोर्डले जनाएको छ ।

बोर्डको तथ्यांकानुसार आ.व. २०७५/७६ मा २५ हजार मेट्रिक टन चिया उत्पादन हुँदा आ.व. २०७६/७७ मा २४ मेट्रिक टन चिया उत्पादन भएको थियो । उत्पादनमा केही गिरावट आउँदा कोरोना महामारीका बीच पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि हुनु उपलब्धिको रूपमा लिन सकिने भट्टराईले बताए । त्यस्तै बोर्डले २५औँ राष्ट्रिय चिया दिवसको नारा ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ तय गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।