२ लाख ४१ हजार टन चिया उत्पादन
काठमाडौँ । आर्थिक वर्ष २०७६–७७ मा २ लाख ४१ हजार टन चिया उत्पादन भएकोे छ । यो मध्ये १ लाख ४९ हजार टन सीटीसी, ८२ हजार पाँच सय १३ टन अर्थोडक्स, ७ हजार चार सय ५५ टन ग्रीन टी तथा एक हजार चार सय ४१ टन अन्य खालका चिया उत्पादन भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बतएको हो।
मुलुकमा चिया उत्पादनको मुल क्षेत्रफल १६ हजार ९ सय एक हेक्टर पुगेको छ । नेपालमा अहिले २८ जिल्लामा चिया उत्पादन हुँदै आएपनि पूर्वी नेपालमा झापा र इलाम प्रमुख चिया उत्पादक जिल्ला हुन् । झापा र इलाम बाहेक पाँचथर, धनकुटा, तेह्रथुम, नुवाकोट, सिन्धुपाल्चोक, मोरङ, कास्की, ललितपुर, संखुवासभा, ताप्लेजुङ, लमजुङ जिल्लामा चिया खेती हुँदै आएको छ ।