त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक जान रोक
काठमाडौं।विश्व महामारीकारुपमा फैलिएको कोरोना भाईरसको दोस्रो लहर नेपालमा पनि सुरू भएकाले गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट तेस्रो मुलुक प्रस्थान गर्ने उदेश्यले नेपाल आगमन गर्न रोक लगाएको छ।
विभागले टिआइएलाई ट्रान्जिटको रुपमा प्रयोग गरी अन्य देश जान पनि रोक लगाएको हो । यो रोक वैशाख १५ गते राती १२ बजेबाट लागू हुने विभागले जनाएको छ। कोरोना भाइरसको नयाँ भेरिएन्टको बढ्दो जोखिमलाई कम गर्न यस्तो निर्णय गरिएको हो।