भारतमा पछिल्लो २४ घण्टामा ३ लाख बढीमा संक्रमण पुष्टि, २ हजार बढीको मृत्यु
काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २३ हजार १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कुल संक्रमितको संख्या १ करोड ७६ लाख ३८ हजार ३०७ पुगेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घन्टामा २ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ।यो संगै भारतमा कोरोना संक्रमणको कारण एक लाख ९७ हजार ८९४ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ४८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या २८ लाख ८२ हजार नाघेको छ ।