चाँदीको मूल्य बढ्दा घट्यो सुनको मूल्य
काठमाडौँ १४ वैसाख । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार प्रति तोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा मंगलबार एक सय रुपैयाँले गिरावट आउँदै ९१ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य
चाँदीको मूल्यमा भने सोमबारको तुलनामा मंगलबार सामान्य मूल्य वृद्धि भएको छ । महासंघका अनुसार चाँदीमा प्रति तोला ५ रुपैयाँले वृद्धि हुँदै मंगलबार प्रति तोला १ हजार ३१५ रुपैयाँ कायम भएको छ ।