image
image
इजी डेन्टल र कुमारी बैंक लिमिटेडबीच विषेश सम्झौता

इजी डेन्टल र कुमारी बैंक लिमिटेडबीच विषेश सम्झौता


काठमाडौं । इजी डेन्टल र कुमारी बैंक लिमिटेडबीच नयाँ सम्झौता भएको छ । जसमा कुमारी बैंकका ग्राहकहरूलाई इजी डेन्टलमा विशेष छुट प्रदान गरिने छ । सम्झौताअनुसार, कुमारी बैंकका ग्राहकहरूले इजी डेन्टलमा ओपीडी दर्ता शुल्क, डाक्टर परामर्श शुल्क र आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । साथै, अन्य सेवा शुल्कहरूमा १५ प्रतिशत छुट पनि उपलब्ध हुनेछ ।

सम्झौतापत्रमा कुमारी बैंक लिमिटेडका बौद्ध शाखाका म्यानेजर अनुपमा श्रेष्ठ र इजी डेन्टलका निर्देशक अजय कुमार रेग्मीले हस्ताक्षर गरेका छन् । कुमारी बैंकले यस सुविधाबाट आफ्ना ग्राहकलाई उच्चतम गुणस्तरीय दन्त उपचार सेवा उपलब्ध गराउन विश्वास व्यक्त गरेको छ भने इजी डेन्टलले पनि कुमारी बैंकका ग्राहकलाई सहुलियत दरमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।

इजी डेन्टल, काठमाडौँ महानगरपालिका वडा नम्बर ६, चाबहिल स्थित महांकाल खानेपानी संस्थान अगाडि अवस्थित छ । यहाँ बिरामीहरूको लागि आधुनिक उपचार कक्षहरू, नवीनतम उपचार प्रविधि, गुणस्तरीय स्टेरिलाइजेसन प्रोटोकलहरू, आरामदायक प्रतीक्षा क्षेत्रहरू, र लिफ्ट तथा पार्किङ सुविधाको व्यवस्था गरिएको छ । इजी डेन्टलले ३० वर्षको अनुभवसहित उच्चतम स्तरका दन्त उपचार सेवा प्रदान गर्दै आएको छ ।

कुमारी बैंक लिमिटेडले विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको छ । यसले देशभरका ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५७ शाखा रहित बैंकिङ इकाईहरूमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।