image
image
चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटक अल्बानियामा पनि प्रतिबन्धित

चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटक अल्बानियामा पनि प्रतिबन्धित


काठमाडौं । चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटक अल्बानियामा पनि प्रतिबन्धित भएको छ । अल्बानियाका प्रधानमन्त्री एडी रामाले एपमाथि एक वर्षसम्म प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । गएको महिना एक जना विद्यार्थीको हत्यापछि बालबालिकामा यसले पारेको प्रभावबारे चिन्ता र चासो बढाइरहँदा यो निर्णय गरिएको हो । प्रस्तावित प्रतिबन्ध जनवरीदेखि सुरु हुने रामाले भनेका छन् ।

यस प्रतिबन्धबारे टिकटकले भने अल्बानियन सरकार तत्कालै स्पष्टीकरण सोध्ने बताएको छ । १४ वर्षको बालकका चक्कु हानेर मारेको आरोप लगेका पुरुषको आफ्नै टिकटक खाता भए नभएको प्रमाण फेला नपरेको कम्पनीले भनेको थियो । राजधानी तिरानामा शिक्षक, अभिभावक र मनोवैज्ञानिकहरूसँग प्रधानमन्त्रीले भेटघाट गरेका थिए । यस भेटमा उनले टिकटकलाई ‘छिमेकको ठग’ भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।