image
image
झिनो अंकले बढ्यो नेप्से, कारोबार ४ अर्बमा सीमित

झिनो अंकले बढ्यो नेप्से, कारोबार ४ अर्बमा सीमित

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य अंकले बढेको छ । आज नेप्से २.९५ अंकले बढेर २६३३.८७ विन्दुमा पुगेको छ । आज नेप्से ०.११ प्रतिशतले बढ्दा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँ बराबरको ८९ लाख ३९ हजार ३४८ कित्ता शेयर कारोबार भएको छ ।

मंगलबार ११७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१८ वटा कम्पनी दिनभरमा कारोबारमा आउँदा ५३ हजार ९५७ पटक शेयर किनबेच भएको छ ।

आज नेप्से झिनो अंकले बढ्दा ३ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने कुथेली बुखारी साना जलविद्युतको शेयर नकारात्मक सर्किट लागेको छ । आज १३ समूह मध्ये ८ वटा समूह बढेको छ भने ५ वटा समूह घटेको छ । मंगलबार सबैभन्दा बढी ट्रेडिङ समूह ०.५९ प्रतिशतले बढेर ४ हजार ७८२.६९ ५४.८५ विन्दुमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।