image
image

मकवानपुर प्रवेश गर्ने यात्रूलाई कडाई 

काठमाडौँ । छिमेकी मुलुक भारत तथा प्रदेश नम्बर–२ बाट रातोमाटो नाका हुँदै मकवानपुर जिल्ला प्रवेश गर्ने यात्रुलाइ ज्वरो नाप्ने तथा परीक्षण गरिने भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले मकवानपुर प्रवेश गर्ने दक्षिणी रातोमाटे नाकाबाट मकवानपुर जिल्लामा प्रवेश गर्ने यात्रुहरूको हेटौंडा बस पार्कमा ज्वरो नाप्ने, मास्क र सेनिटाइजरको प्रयोग गर्न लगाएर मात्र पठाउने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

बैठकले बैशाख १४ गतेदेखि पार्टी प्यालेस पूर्ण रुपमा बन्द गराउने र अर्को निर्णय नभएसम्मका लागि ७ बैशाखमा भएका निर्णय अनुसार विवाह वा ब्रतबन्धलाई पार्टी प्यालेस प्रयोग गर्नु परेमा पूर्व स्वीकृति लिनु पर्ने प्रावधानलाई खारेज गर्ने निर्णय गरेको छ ।

अक्सिजनको आपूर्तिलाई सहज बनाउनका लागि अक्सिजन सिलिन्डर आपूर्तिकर्ताहरुसंगको समन्वयमा हाल मौज्दातमा रहेका अक्सिजनको विवरण माग गर्ने र स्वास्थ्य कार्यालय मकवानपुरको नेतृत्वमा निरन्तर अनुगमन गर्ने निर्णय भएको छ ।

त्यस्तै बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्ये नजर गर्दै जिल्लाका स्थानीय तहमा कोभिड परीक्षणको योजना तयार गरी परीक्षणका दायरा विस्तार गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।