image
image

मास्क नलाागाइ बाहिर हिड्ने १३ सय २५ जनालाई कारबाही

काठमाडौँ । मास्क नलगाइ बाहिर खुलेआम हिड्ने १३ सय २५ जनालाई प्रहरीले कारबाही गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मास्क नलगाइ हिड्नेलाई केही समय नियन्त्रणमा लिएर छाडेको हो । काठमाडौंका विभिन्न स्थानमा बनाइएको होल्डिङ एरियामा उनीहरुलाई राखिएको थियो ।

बिहानसम्म प्रहरीले १ हजार ३ सय २५ जनालाई केही समय होल्ड गरेर सम्झाई बुझाई छोडेको थियो । ३ सय २२ जना महिला र १ हजार ३ जना पुरुष कारबाहीमा परेका छन् ।

देशभर संक्रमण बढेको भन्दै स्थानीय प्रशासनले जिल्लामा थप कडा गरेको छ । त्यस्तै, काठमाडौं उपत्यकाभित्र तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
100%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।