image
image

सरकारले रकम नदिदा रोकियो कोरोना बिमा भुक्तानी 

काठमाडौँ १३ वैशाख । सरकारले दिने भनेको रकम नदिएको भन्दै बिमा कम्पनीहरुले भुक्तानी रोक्न थालेका छन् । पछिल्लो केहि दिन यता शिखर इन्स्योरेन्स, प्रईम इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स लगाएतले भुक्तानी ठप्प नै परेका छन् ।

कोरोना बिमा पोलिसी अन्तरगत १ लाख रुपैयाँ र ५० हजार रुपैयाँको बिमा गर्न पाइने यो पोलिसी धेरै संक्रमित भएको भन्दै कम्पनीहरुको आग्रहमा बिमा समितिले गत वर्ष बन्द गरिदिएको थियो ।  सरकार र कम्पनीहरुबीच भएको सहमति अनुसार १ अर्ब रुपैयाँसम्मको भुक्तानी बिमा कम्पनीले नै व्यहोर्ने त्यो भन्दा माथिको १ अर्बको नेपाल रिइन्स्योरेन्स कम्पनीले व्यहोर्ने सहमति भएपछि फेरी सुचारु गरिएको थियो । त्यसपछिको ५० करोड रुपैयाँ बिमा समितिमा रहेको विपत्ति फण्डबाट र यसले नपुगेको सबै सरकारबाट भुक्तानी हुने सहमति भएको थियो । 

हाल बिमा कम्पनीहरु तथा रिइन्स्योरेन्स कम्पनीले दिनु पर्ने भुक्तानी दिइसकेका छन् । नियामक निकाय बिमा समितिले समेत दिनु पर्ने १ अर्ब भुक्तानी भइसकेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । सरकारले दिने भुक्तानीको प्रक्रिया पनि शुरु भइसकेको र चाँडै दिइने बताएका छन्  ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।