image
image

स्वास्थ्य मापदण्ड उलंघन गर्नेबाट साढे तीन लाख राजश्व संकलन

जनकपुर १३ वैशाख । प्रेदेश नं २ प्रहरी कार्यालय जनकपुरले विश्वव्यापी महामारीको रुपमा फैलिएको (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण अभियान अन्तर्गत स्वास्थ्य मापदण्ड उलंघन गर्नेलाई जरिवाना तोकेको छ । त्यस्तै स्वास्थ्य मापदण्ड उलंघन गर्ने बाट साढे तीन लाख राजश्व संकलन गर्न सफल भएको छ ।

नेपाल सरकारले तय गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगर्नेलाई सङ्क्रामक रोग निवारण ऐन २०२० बमोजिम तीन हजार ५२४ जनालाई कारवाही गरिएको छ । त्यसैगरी १६ हजार ९६९ व्यक्तिलाई होल्डिङ्ग गरी मास्क वितरण गरी छाडिएको र हालसम्म तीन हजार ५२४ जनालाई सङ्क्रामक रोग निवारण ऐन बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी प्रतिव्यक्ति रू १०० का दरले जरिवाना गरी राजश्व संकलन गरिएको प्रहरी उपरीक्षक प्रसाईँले बताए ।

साथै यही वैशाख १ गतेदेखि ४ गतेसम्म ४७० पटक व्यापक मात्रामा प्रचारप्रसार, माइकिङ, जिङ्गलसमेत बजाई सचेतना गराइएको प्रहरीले वैशाख ४ गतेबाट ११ गतेसम्म क्रमशःतीन घण्टा होल्डिङ गरी ४४ हजार ४५१ जनालाई सम्झाएर छाडिएको जनाइएको छ ।

       
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।