image
image

खुम्चियो वैदेशिक रोजगारी

काठमाडौँ १३ वैशाख ।पछिल्लो एक वर्षदेखि कोरोना महामारीले विश्व नै आक्रान्त पारीरहेकाले वैदेशिक रोजगारी खुम्चिएको छ। त्यस्तै कोरोना महामारीको दोस्रो लहर पनि फैलन थालेपछि बेरोजगारी भयावह बन्ने देखिएको छ। नेपालमा कोरोनापछि भारतसहित वैदेशिक रोजगारीबाट १० लाख श्रमिक फर्किएका छन्।

यस्तै  ७ लाखभन्दा बढी भारतीय कामदार अझै नेपालमै रहेकाले फर्किएका नेपालीलाई अवसर प्रधान गर्न सकिएको छैन । वैदेशिक रोजगार विभागका अनुसार कोरोनापछि (चैत्र २०७६ देखि चैत्र २०७७ सम्म) १ लाख ३ हजार ३५ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब चार गुणाले कम हो। त्यसअघि गत वर्षको सोही अवधिमा (चैत्र २०७५ देखि चैत्र २०७६ सम्म) वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३ लाख ६८ हजार थियो।

विभागका अनुसार चैत्र महिनाको तेस्रो सातासम्ममा १७ हजार ५ सय ८५, फागुन महिनामा १९ हजार ८ सय ८, माघमा १७ हजार ८ सय ८७ जना, पुसमा १४ हजार ७ सय ५३, मंसिरमा १२ हजार ४ सय ३१, कात्तिकमा ७ हजार ७ सय ९७, असोजमा ८ हजार ९७, भदौमा १ हजार ५ सय २५, साउनमा ३ हजार १ सय ५२ जना कामदार विदेश पुगेका छन्। अन्य देशको तुलनामा साउदीमा बढी कामदार पुगेका छन्।   
    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।