image
image

सुदूरपश्मिका ६ जिल्लामा औलोको जोखिम बढ्दो क्रममा

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका ६ जिल्ला औलो रोगले जोखिममा छन् । कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटी जिल्लामा औलोको जोखिम बढेको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार ती जिल्लामा चालु आर्थिक वर्षमा १८६ औलोका बिरामी फेला परेका छन् । औलोका बिरामी सबैभन्दा बढी कैलालीमा फेला परेका छन् । कैलालीमा चालु आर्थिक वर्षमा ७०, कञ्चनपुरमा ३६, अछाममा १४, बैतडीमा १२, डडेल्धुरामा ९ र डोटीमा ७ जना औलो रोगी फेला परेको जनाइएको छ ।

जिल्लामा स्थानीय भन्दा पनि आयातित औलोका बिरामी बढेको निर्देशनालयले जनाएको छ । चालु आर्थिक वर्षमा ११५ आयातित औलोका बिरामी रहेको जनाइएको छ ।

प्रदेशमा आर्थिक वर्ष २०७६÷७७ मा ३२० औलोका बिरामी थिए । जसमध्ये दुई सय ५५ आयातित र ६५ स्थानीय औलोका बिरामी थिए । प्रदेशमा आयातित औलोका सबैभन्दा बढी बिरामी कैलालीमा पाइएको छ ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले सन् २०२२ भित्र स्थानीय औलोलाई शून्यमा झार्ने लक्ष्य लिइएको बताए । उनका अनुसार जिल्लामा स्थानीय औलोका बिरामी फेला परेका छैनन् भने आयातित औलोका बिरामीको संख्या पनि कम हुँदै गएको छ ।

स्वास्थ्य कार्यालय कैलालीका अनुसार औलो अन्य व्यक्तिमा सर्न नदिन स्वास्थ्य कार्यालयले विभिन्न गतिविधि गरिरहेको छ । कार्यालय प्रमुख धामीका अनुसार जोखिम क्षेत्रको पहिचान, संक्रमितको पहिचान तथा परीक्षण, निःशुल्क उपचार, किटनाशक झुल वितरण, विषादी छर्ने लगायतका गतिविधि स्वास्थ्य कार्यालय र स्थानीय तहअन्तर्गत रहेको स्वास्थ्य शाखाले गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।