image
image

बिमाले बजार बढाएपनि  कारोबार रकममा  कमी


काठमाडौँ माघ १४ । हिजो १८ अंकभन्दा बढीले घटेको सेयर बजार मापक नेप्से बुधबार १८ अंकले बढेको छ । हिजोको भन्दा  परिसूचक बढे पनि आज सेन्सेटिभ परिसूचक भने रातो बनेको छ । नेप्से सूचक १८.७६ अंकले बढेर २४४१.८५ विन्दुमा उक्लिएको दिन सेन्सेटिभ सूचक भने ०.८६ अंकले घटेको हो । परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ । मंगलबार सवा ८ अर्बको कारोबार भएकोमा आज ८ अर्ब ६२ लाखको कारोबार भएको छ ।

बुधबार लगानीकर्ताको आकर्षण बिमा कम्पनीको सेयरमा देखिएको छ । जीवन बिमा उपसमूहको सूचक सबैभन्दा धेरै ६.२५ प्रतिशतले बढेको दिन निर्जीवन बिमा उपसमूहको सूचक पनि ३.९८ प्रतिशतले बढेको छ । 

सर्वाधिक घट्नेमा भने होटल उपसमूहको सूचक रहेको छ । उक्त समूहको  परिसूचक १.१८ प्रतिशतले घटेको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।