image
image
एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक

एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टोली लुम्बिनी लायन्सको मुख्य प्रायोजक एनसेलले गर्ने भएको छ । आइतबार आयोजित एक कार्यक्रमकाबीच लुम्बिनी लायन्स र एनलेसबीच सम्झौता भएको हो । लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जब्बर काइमोभले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

एनसेलका सीईओ काइमोभले लुम्बिनी लायन्ससँग सहकार्य गर्न पाउँदा गौरव महसुस गरेको बताए । उनले टीमलाई सफलताको‌ शुभकामना समेत दिए । टोलीका ब्रान्ड एम्बेसडर राजेश हमाल, कप्तान रोहितकुमार पौडेल, अध्यक्ष जिसी, काइमोभलगायत खेलाडीको उपस्थितिमा लुम्बिनी लायन्सले जर्सी सार्वजनिकसमेत गरेका थिए ।एनलेस एनपीएलको पावर्ड बाई पार्टनरको रूपमा पनि रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।