image
image

 साताकै पहिल्लो दिन शेयर बजारमा पहिरो

काठमाडौँ ।आज हप्ताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ७५।७९ अंकले घटेर २६४८।०१ विन्दुमा झरेको छ भने सेन्सेटिभ परिसूचक पनि १२।५६ अंकले घटेर ४६४।०५ विन्दुमा झरेको छ।

परिसूचक घटेको दिन आज कारोबार भने बढेको छ। आज २१५ वटा कम्पनीका एक करोड ४६ लाख ९० हजार ७२० कित्ता शेयर एक लाख चार हजार ४० पटक खरिद(बिक्री भएको छ। आज शेयर बजारमा सात अर्ब २८ करोड ४१ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भयो।

आज सबै भन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरको कारोबार भएको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ३९ करोड ५२ लाख ५२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सात लाख २३ हजार ६५७ कित्ता शेयर किनबेच भए। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य २१ रुपैंयाँले घटेसँगै ५ सय ४१ रुपैंयाँ कायम भएको छ।

 कुन कम्पनीको शेयर बढ्यो

आज सबै भन्दा बढी महिला लघुवित्त वित्तीय संस्था र विशाल बजार कम्पनीको शेयर मूल्य बढेको छ। आज महिला लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९९ प्रतिशत र विशाल बजार कम्पनीको ९ दशमलव ९७ प्रतिशत मूल्य बढेको हो।

महिला लघुवित्तको प्रतिकित्ता रू १९४ ले बढेर अन्तिम मूल्य रू। २ हजार १३६ र विशाल बजार कम्पनीको प्रतिकित्ता रू। ३१६ ले बढेर अन्तिम मूल्य रू। ३ हजार ४८४ कायम भएको छ।

कुन कम्पनिले गुमाए 

आज चन्द्रागिरी हिल्स लिमिटेड र नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य सबै भन्दा बढी घटेको छ। चन्द्रागिरी हिल्सको ८ दशमलव ४३ प्रतिशतले घटेर अन्तिम मूल्य रू १ हजार ९५५ र नारायणी डेभलपमेण्ट बैंकको ८ दशमलव १९ प्रतिशत घटेर अन्तिम मूल्य रू ५२७ कायम भएको छ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।