साताको पहिलो दिनमै शेयर बजारमा पहिरो; ७५ अंकले घट्यो,
काठमाडौँ ।बजार खुलेको केही समयदेखि नै निरन्तर गिरावट रहेको बजारमा अन्तिमसम्ममा गिरावटले नै निरन्तरता पायो ।
आइतवार नेप्से परिसूचक ७५।७९ अंकले घट्दै २५७२।२२ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १२।५६ अंकले घट्दै ४५६।०५ विन्दुमा झरेको छ ।
कारोबारमा आएका कुल २ सय १५ कम्पनीको १ करोड ४६ लाख ९० हजार ७ सय २० कित्ता शेयर ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९ सय १ रुपैयाँमा खरिदबिक्री भएको छ ।
यस दिन सबै समूहको सूचकहरू राताम्मे भएका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहमा ६।१४ प्रतिशतको गिरावट आएको छ । यस्तै सबैभन्दा कम गिरावट मुचुअल फण्डमा देखिएको छ ।