image
image

 एक करोड लागतमा दाना उद्योग भवन निर्माण हुदैँ

काठमाडौँ । वाग्मती नगरपालिका–८ मा दाना उद्योग निर्माण गरिने भएको छ । शङ्करपुरमा करीब रु एक करोडको लागतमा दाना उद्योगको निर्माण गरिने भएको हो । स्थानीय किसानको व्यावसायिक पशुपालनमा लागत कम गर्न उद्योग सञ्चालन गर्न लागिएको नगर प्रमुख भरतकुमार थापाले बताए । 

उद्योग स्थापनाको पहिलो चरणमा सङ्घीय सरकारबाट नगरपालिकामार्फत रु ५० लाख र साना किसान कृषि सहकारी संस्था लिमिटेड शङ्करपुरबाट रु ५०९ लाख गरी जम्मा रु एक करोडको लागत साझेदारीमा आगामी असार १५ गतेभित्र कम्पाउण्ड वाल र फुटपाथ निर्माण गरिने संस्थाका प्रबन्धक माधव काफ्लेले जानकारी दिए । 

दाना उद्योग निर्माणका लागि कूल लागत रु पाँच करोड ९३ लाख ९७ हजार ११० लाग्ने अनुमान गरिएको प्रबन्धक काफ्लेले बताए । सोका लागि सङ्घीय सरकारबाट ५० प्रतिशत अनुदान, नगरपालिकाको कृषि कार्यक्रमबाट २५ प्रतिशत र बाँकी २५ प्रतिशत रकम समुदायबाट शेयर आह्वान गरी उद्योग निर्माण गरिने प्रबन्धक काफ्लेले बताए ।

उत्पादन भएको अन्नबाली किसानले थोरै मूल्यमा खेतैबाट बेच्नुपर्ने बाध्यता खेप्दै आएका थिए । उद्योग सञ्चालनपछि यस क्षेत्रका किसानले उत्पादन गरेका मकै, धान गहुँलगायतका बालीले मूल्य पाउने र पशुपालन गर्ने किसानले दाना खरीदमा मूल्य कम हुने अपेक्षा गरेका छन् । 

त्यसैगरी वडा नं ५ मा करीब रु एक करोड ५० लाखको लागतमा अन्न भण्डार पनि भवन निर्माण गरिने भएको छ । स्थानीय किसानले उत्पादन गरेको कृषिउपज भण्डारण गर्ने गरी भवन तयार गर्न लागिएको नगर प्रमुख थापाले बताए ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।