image
image
गत ३ महिनामा विदेश पढ्न जाने विद्यार्थीले लगे ३२ अर्ब १८ करोड

गत ३ महिनामा विदेश पढ्न जाने विद्यार्थीले लगे ३२ अर्ब १८ करोड

काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा विदेश अध्ययन गर्न जाने विद्यार्थीले ३२ अर्ब १८ करोड रुपैयाँ लगेका छन्। यता साउन–असोजकै अवधिमा विदेश घुम्न जानेले ५५ अर्ब ७८ करोड खर्च गरेका छन्। राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय ७.७ प्रतिशतले वृद्धि भएको छ।

३ महिनामा तथ्यांक हेर्दा खुद सेवा आय २३ अर्ब २९ करोडले घाटामा छ। अघिल्लो वर्ष यही अवधिमा खुद सेवा आय २९ अर्ब ३९ करोडले घाटामा थियो। नेपालले विदेश गएर गर्ने खर्चको तुलनामा कम नै भए पनि पर्यटक आगमन बढ्दा भ्रमण आम्दानी ३.५ प्रतिशतले वृद्धि भई १७ अर्ब ७२ करोड पुगेको छ। गत वर्ष यस्तो आम्दानी १७ अर्ब १३ करोड रुपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।