image
image

आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक  मूल्य अनुसार आज आलुको भाउ प्रतिकिलो १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतिकिलो ८० रुपैयाँ रहेको स्वदेशी रातो आलु आज ७० रुपैयाँमा झरेको छ । भारतीय रातो आलु पनि प्रतिकिलो ७० रुपैयाँ छ ।

पछिल्लो समय साग पनि सस्तिएको छ । एक साताअघि १ सय रुपैयाँ प्रतिकिलो रहेको रायो साग अहिले ६० रुपैयाँमा झरेको छ । त्यस्तै पालुंगो साग १००, चमसुरको साग १२०, तोरीको साग ६० रुपैयाँ प्रतिकिलो छ ।

त्यस्तै प्याजको भाउ स्थिर रहेको छ । प्रतिकिलो अधिकतम ११० रुपैयाँमा प्याजको कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार स्थानीय काउली १२०, लाम्चो भन्टा ६०, डल्लो भन्टा ७०, तने बोडी १६०, मकैबोडी ७०, घिउ सिमी १२५ रुपैयाँ प्रतिकिलो छ ।

लौका १००, परवर १००, घिरौंला ८०, तिते करेला १००, भिन्डी १४०, बरेला ५५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कन्य च्याउ २२०, डल्ले च्याउ ३५० तथा कुरिलो प्रतिकिलो १२०० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।