कृषिमा वैदेशिक लगानी रोक्न माग गर्दै बानेश्वरमा प्रदर्शन
काठमाडौं माघ १४ ।आज काठमाडौँको नँया बानेस्वरमा कृषिमा वैदेशिक लगानी खुला नगर्न माग गर्दै प्रदर्शन भएको छ । सरकारले कृषिमा वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरेपछि कृषकहरुले विरोध गर्दै आएका छन् । प्रदर्शनमा सहभागीहरुले विभिन्न प्लेकार्ड सहित प्रदशनमा उत्रेका देखिन्छन । ती मध्य केहि कार्डमा ' कृषिमा विदेशी लगानी, स्वदेशी किसन कता जानी', 'सरकारी निर्णय कस्तो छ किसन मरजस्तो छ' जस्ता विरोध प्रदर्शन भईरहेको देखिन्छ।
उक्त प्रदर्शनमा कृषिसँग सम्बन्धित उद्योगी, कृषि अभियन्ता तथा कृषकको सहभागिता छ । विभिन्न १८ वटा संघसंगठनले सरकारको निर्णयविरुद्ध संघर्ष समिति गठन गरेका छन् ।









