image
image
गणेश हिमालको आधार शिविरमा १६ जना फसे, उद्धारको प्रयास जारी

गणेश हिमालको आधार शिविरमा १६ जना फसे, उद्धारको प्रयास जारी

 

 फसेकाठमाडौं । चिसो र अधिक उचाइका कारण दुई बिरामीसहित १६ जना मंगलबारदेखि गणेश हिमालको आधार शिविरमा फसेका छन् । उद्धारका लागि बुधबार गएको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण फर्किएको छ ।

डिभिजन वन कार्यालय धादिङका रेन्जर अनुसुया ढुंगानाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उद्धारका लागि सेनाको हेलिकोप्टर बुधबार दिउँसो आधार शिविर पुगेको थियो । तर, खराब मौसमका कारण अवतरण हुन नसकेपछि उद्धार हुन सकेन । मंगलबार साँझदेखि अनुसुयाको स्वास्थ्य अवस्थामा समस्या आएको थियो । नेटवर्कको पहुँच नभएका कारण बुधबार ६ घण्टा हिँडेर नेटवर्क आउने ठाउँ पुगी सँगै टे«क गएकाले उद्धारका लागि सहयोग मागेका थिए । बुधबार दिनभर प्रयास गर्दा पनि उद्धार गर्न नसकिएको ट्रेकिङ टोलीमा रहेका रुबीभ्याली गाउँपालिकाका विपिन तामाङले बताए ।

अनुसुयासँगै डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्यको पनि स्वास्थ्य अवस्थामा समस्या देखिन थालेको छ । टोलीमा रहेका २७ मध्ये दुईजना बिरामीसहित १६ जना आधार शिविरनजिकै फसिरहेका हुन् । ११ जना १४ घण्टा हिँडेर तिप्लिङको हिन्दुङ आइपुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।