हात्ती चढ्ने पर्यटक नआउँदा खर्च धान्नै मुस्किल
चितवन ११ वैशाख । चितवनको सौराहामा हात्ती सफारी गराउने व्यवसायीहरुको कोरोना महामारीका कारण पर्यटक पर्याप्त मात्रामा नआउदा आम्दानीभन्दा खर्च धेरै हुने गरेको छ ।
वाइल्ड लाइफ टुरिजममा निकै प्रसिद्ध सौराहा हात्ती चढेर निकुञ्जभित्रका संरक्षित जंगली जनावरहरुको अवलोकन, अनुसन्धानका लागि गन्तव्य मानिदै आएको छ । यसरी हात्ती पालेर सयर गराएर आफ्नो जीविका चलाउदै आएका स्थानिएलाई कोरोना कहरका कारण भूकम्पपछि दोस्रो पटक विचलित बनाएको छ । अहिले कोभिड–१९ पछि हात्तीको कमाइभन्दा खर्च बढी आउने गरेको छ । सिजनका बेलामा समेत पर्यटकहरु बोक्न नपाएपछि यतिखेर सौराहाको हात्ती सयरको व्यवसाय चौपट भएको छ ।
लगानीकै हिसाबले पनि करोड करोडको खर्च गरिएका हात्तीको कमाइ अहिले २÷४ हजारमा सीमित भएको छ । अर्थात् अहिले सौराहका हात्तीहरुले बिजनेस नपाउँदा दैनिक मुस्किलले एक दुईवटा ट्रिप मात्रै पाइरहेका छन्, जसले खर्च धान्नै मुस्किल भएको बताउदै आएका छन् ।