image
image

यो साता १ हजारले बढ्यो सुनको मूल्य 

काठमाडौं । नयाँ वर्ष लागेसँगै नेपाली बजारमा सुनको मूल्य बढ्दै गईहेको छ ।  नेपाली बजारमा यो साता पनि सुनको मूल्य एक हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो साताको शुक्रबार तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएर आइतबर ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य साताको अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा तोलामा १ हजार  रुपैयाँले बढेर ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, अघिल्लो साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ९० हजार २ सय पुगेको थियो । त्यस्तै यो साताको शुक्रबारसम्म आइपुग्दा तोलामा १ हजार  रुपैयाँले बढेर ९१ हजार २ कायम भएको छ ।  

यस साता चाँदीको मूल्य पनि बढेको छ । गएको शुक्रबार तोलाको १ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार तोलाको १३ सय कायम भएको थियो । चाँदीको मूल्य सय साताको शुक्रबारसम्म आइपुग्दा तोलामा २० रुपैयाँले बढेर १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।