बाँकेका दुइ ठाउँमा १२५\१२५ मेगावाटका सोलार प्लान्ट निर्माण हुँदै
काठमाडौँ माघ १४ ।नेपालमा हालसम्मकै सबैभन्दा ठूलो सौर्य उर्जा परियोजना निर्माण हुने भएको छ। बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगङ्गामा १२५\१२५ मेगावाटका दुई आयोजनामार्फत उक्त क्षमताको सोलार प्लान्ट बनाउन लागिएको हो । उक्त आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न लगानी बोर्डले सिंगापुरको राइजेन इनर्जी कम्पनीसँग सम्झौता गरिसकेको पनि जनाएको छ ।
लगानी बोर्डको अगुवाइमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना (सोलार प्लान्ट) बन्ने भएको छ ।सम्झौतापत्र अनुसार आयोजनाको १९ करोड अमेरिकी डलरको लागतमा निर्माण हुने बताइएको छ । उक्त दुई आयोजनाबाट २०\२० मेगावाटका दरले ४० मेगावाटको ब्याट्री स्टोरेज प्लान्ट पनि बनाउने गरी अध्ययन गरिने भएको छ ।