image
image

चलचित्र क्षेत्रमा सरकारले राहत कार्यक्रम ल्याउने

काठमाडौँ— परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कोरोनाले नेपाली चलचित्र क्षेत्रमा पारेको असरलाई ध्यानमा राखी केही राहत कार्यक्रम ल्याउने योजना बनाएको बताएका छन् ।

कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनद्वारा शुक्रबार काठमाडौँमा आयोजित ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल’को नौ संस्करणको उद्घाटन समारोहमा मन्त्री ज्ञवालीले विश्वभरि फैलिएको कोरोना भाइरसका कारण नेपाली चलचित्र क्षेत्रमा पनि प्रत्यक्ष असर परेकाले सरकारले सहयोग गर्ने आश्वासन दिए ।

कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपालले वार्षिकरुपमा अन्तर्राष्ट्रियरुपमा चलचित्र महोत्सव आयोजना गर्नुपर्ने जनाउँदै त्यसका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताए । चलचित्र विकास सङ्घका अध्यक्ष आकाश अधिकारीले सरकारले नेपाली चलचित्र क्षेत्रको विकास गर्न वार्षिकरुपमा कार्यक्रम ल्याउनुपर्ने तथा नेपाली चलचित्र अन्तर्राष्ट्रियकरण गर्न पहल गर्नुपर्ने बताए ।

कलेजका संस्थापक डा मञ्जु मिश्रले महोत्सवले अफ्रिका र नेपालबीच थप घनिष्ठ सम्बन्ध स्थापना हुने र दुई देशलाई नजीकबाट बुझ्न थप सहयोग पुग्ने बताए । तीन दिनसम्म चल्ने महोत्सवमा नौ अफ्रिकीसहित केही नेपाली चलचित्र प्रदर्शन गरिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।