एक वर्षमा ३५% ले बढ्यो जस्तापाताको मूल्य
काठमाडौँ १० वैशाख । नेपालमा अन्य निर्माण सामग्रीसँगै जस्तापाताको पनि मूल्य बढेको छ । यो वर्ष मात्रै जस्तापातामा ३५% ले मूल्य बढेको छ । अन्तराष्ट्रीय बजारमा नै जस्तापाता लगाएतको निर्माण सामग्रीको मूल्य बढेकाले नेपाली बजारमा पनि मूल्य बढेको हो ।
गत वर्ष अर्थात् २०७७ वैशाखमा जस्तापाताको मुख्य कच्चा पदार्थ एच्आर सीट (हट रोल्ड सीट)–को मूल्य प्रति मेट्रिक टन ४ सय ९६ अमेरिकी डलर थियो । उक्त मूल्य ११ महिनापछि अर्थात् २०७७ चैतमा आइपुग्दा ८ सय डलर भएको छ । यसरी हेर्दा कच्चा पदार्थको मूल्यमा साढे ३७ प्रतिशतले वृद्धि देखिन्छ।
त्यस्तै यस १ वर्ष अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि सँगसँगै अमेरिकी डलरको मूल्य पनि वृद्धि भएकाले मूल्य वृद्धि भईरहेको छ ।साथै २०७७ वैशाखमा हुलास स्टीलले ग्याल्मनाइज्ड सादा कर्कट पाता प्रति किलोग्राम १ सय १६ रुपैयाँमा विक्री भएकोमा अहिले प्रति किलोग्राम १ स य ५१ मा विक्री भईरहको छ । त्यस्तै रंगीन जस्ता पाता गत वर्ष प्रति किलोग्राम १ सय ३७ मा विक्री भएकोमा हाल १ सय ७२ रुपैयाँमा विक्री भइरहेको छ ।