image
image

धनकुटाबाट असिनाबाट ४८ करोडको क्षति 

काठमाडौँ १० वैशाख ।धनकुटाको छथराजोपतिमा गाउँपालिकामा वैशाख २ र ३ गते परेको असिनाबाट ४८ करोड मूल्य बराबरको क्षति भएको छ । पालिकाको २, ५ र ६ नम्बर वडामा लगाइएको सबै बाली र अन्य तीनवटा वडामा आंशिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै सबैभन्दा बढी वडा नम्बर ६ मा २० करोड भन्दा बढीको तरकारी तथा अन्य बालीहरूमा क्षति पुग्दा वडा नम्बर ५ मा १३ करोड र वडा नम्बर २ मा ११ करोड बराबरको क्षति भएको छ ।

पालिकाको कृषि तथा पशु शाखाले पालिकाका ६ वटै वडाको क्षति बिवरण संकलन गरेर निर्णयका लागि पालिका बैठकमा पेश गरेको र बैठकले क्षतिपूर्ति तथा राहतका लागि संघ, प्रदेश र सम्बन्धित निकायहरूमा पहल गर्ने निर्णय गरेको पालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।