लगातार आएको हावाहुरीका कारण झापामा करीब दुई करोडको क्षति
काठमाडौँ । लगातार हावाहुरीका कारण झापामा केरा, मकैलगायतका अन्य बालीनाली नष्ट हुँदा करीब दुई करोडको क्षति भएको छ । कचनकवल, बाह्रदशी, झापा , कनकाइृ र गौरादह नगरपालिकाका ६०० किसानले १६९ हेक्टर जमिनमा लगाएको फलफुल, तरकारी र बालीनालीमा क्षति पुर्याएको हो ।
कृषि ज्ञान केन्द्र झापाका अनुसार वैशाख २, ५ र ९ गते आएको हावाहुरी र असिनाले सबैभन्दा बढी मकै र केराखेतीमा क्षति पुर्याएको हो।
कृषि ज्ञान केन्द्र झापाका अनुसार वैशाख २, ५ र ९ गते आएको हावाहुरी र असिनाले सबैभन्दा बढी मकै र केराखेतीमा क्षति पुर्याएको हो।