image
image

भन्सार चुहावट रोक्न निजि क्षेत्रलाइ अर्थमन्त्रीको आग्रह

काठमाडौँ माघ १४ । भन्सार नेपालको मुख्य आयस्रोत भएपनि   नेपालमा खुल्ला सिमानाका एवम् थुप्रै कारणले गर्दा भन्सार चुहावट भएको पाइन्छ  । ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मंगलबार भन्सार विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले न्यून विजकीकरण र चुहावट न्यूनीकरणका लागि निजी क्षेत्रले भन्सार प्रशासनलाई सहयोग गर्नुपर्ने बताए । यस्तै निजी क्षेत्रका जायज समस्यालाई भन्सार प्रशासनले समाधान गर्न सहयोग गर्नुपर्ने पनि बताए । निजी क्षेत्र र भन्सार एक सिक्काका दुई पाटा भएको उल्लेख गर्दै दुईमध्ये एक नहुँदा भन्सार प्रणाली नै नरहने जानकारी दिए ।
अनेकौ वहानामा व्यावसायीहरुले भन्सार छली गर्दै आएको पाइएकाले भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने पनि बाताएका छन् । 
भन्सार छलीको कारण देशलाई धेरै घाटा परेको भन्दै मन्त्री पौड्यलले भन्सार प्रशासनले व्यवसायीहरुलाई विश्वास गर्न नसक्दा बस्तुको मूल्याङ्कन र वर्गीकरणमा समस्या हुने गरेको पनि जानकारी दिए ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।