image
image

फेरी बढ्यो खाने तेलको मूल्य ! सरकार अझै मौन 

काठमाडौँ १० वैशाख । नेपाली बजार फेरी पनि खाने तेलको मूल्य बढेको छ । पटक पटक मूल्य बढ्दा पनि सरकारी निकायको ध्यान नजाँदा कतै सरकारी नियामक निकायकै मिलेमतोमा मूल्य बढाइएको हो कि भन्ने आशंका गरिएको छ ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो समय बजारमा गुणस्तर र कम्पनी हेरेर खाने तेलको मूल्यमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम २५ रुपैयाँसम्मले मूल्य बढेको पाईएको छ । हाल बजारमा ब्रान्ड हेरेर तोरीको तेल प्रतिलिटर १० देखि २५ रुपैयाँले बढेको छ । त्यस्तै सनफ्लावर तेल १५ देखि २० रुपैयाँले बढेको छ भने सोयाबिन (भट्मास) को तेलमा प्रतिलिटर १५ रूपैयाँले वृद्धि भएकोे छ ।

बढेको मूल्यअनुसार अहिले बजारमा तोरीको तेल प्रतिलिटर २५० देखि २८० रुपैयाँसम्म, सनफ्लावर तेल २३० देखि २५० रुपैयाँ र सोयाबिन (भटमास) को तेल प्रतिलिटर २२५ देखि २३५ रुपैयाँसम्म पुगेको छ ।यसअघि तोरीको तेल प्रतिलिटर अधिकतम २४० रुपैयाँ, सनफ्लावर तेल २३० रुपैयाँ र भट्मासको तेल २१० रुपैयाँमै कारोबार भइरहेको थियो । यसरि एक वर्षमा धेरै पटक खाने तेलको भाउ बढाउदा उपभोक्ता मारमा परेका छन् । 
  
  

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।