हट्यो झोलुङ्गे पुलमा लगाइएको कर
बागलुङ । जनस्तरबाट व्यापक विरोध भएपछि बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुलमा लागीएको कर हट्ने भएको छ । नगर कार्यपालिकाको निर्णयानुसार मङ्गलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु २० लिन थालिएको थियो ।
यसअघि गत चैत २६ गते बसेको नगर कार्यपालिकाको बैठकले पूर्वाधार उपयोग करअन्तर्गत पुल आउजाउ गर्ने यात्रुबाट २० लिने निर्णय गरेको थियो । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थीलाई रु १० तथा विदेशी पर्यटकलाई रु ५० तोकिएको थियो । यस्तै बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाका बासिन्दाबाट शुल्क नलिने निर्णय गरिएको थियो ।
बुधबार जिल्लामा क्रियाशील विद्यार्थी सङ्गठनले कर लिने निर्णय सच्याउन नगरपालिकालाई दबाब दिए सँगै यो निर्णयबाट नगरपालिका पछि हटेको छ । त्यस्तै सर्वसाधारणका सहजताका लागि नै निर्माण भएको उक्त पुलमा कर लगाउने निर्णय भएपछि स्थानिय व्यापक विरोधमा उठेका हुन् ।