इलेक्ट्रिक स्कुटरको चार मोडल नेपाल भित्रियो,यसको मुल्य कति ?
काठमाडौँ । इलेक्ट्रिक स्कुटर कम्पनी एलभिनेङ्गको नेपालको लागि आधिकारिक वितरक जम्बो इको भेहिकलले एक महिनाअघि दुई ब्रान्डको चार मोडलका स्कुटर नेपाल भित्र्याएको छ ।
एलभिनेङ्ग ब्रान्डका ‘एक्सआइ’ र ‘एस५’, जम्बो ब्रान्डका डि०६ र एम२० मोडलका इलेक्ट्रिक स्कुटर भित्र्याएका हुन्।
एक्सआइ मोडलमा २०२० र एसफाइभ मोडलमा ३००० वाटका बिओएससिएच मोटर जडान गरिएको छ। जम्बो ब्रान्डको डि०६ र एम२०मा क्रमशः २०००वाट र १५०० वाटका मोटर जाडान गरिएको छ।
बिओएससिएच कम्पनीको यो मोटरमा लामो समय काम गर्ने क्षमता, उच्च भिरालो चढ्ने क्षमता हुने कम्पनी संचालक गौतमको दाबी छ।
यी स्कुटरमा ३ घण्टामा फूल चार्ज गर्न सकिने सामसङ ब्याट्री जडान गरिएको छ। डुअल ब्याट्री विकल्पमा रहेकोले १६० कि।मि सम्मको यात्रा तय गर्न सकिने कम्पनीको भनाइ छ।
स्कुटरको मोटर, ब्रेक र स्पिड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउँछ।
एक्सआइ स्कुटरको २ लाख ६० हजार, एस५को २ लाख ९९ हजार ९ सय ९९ मूल्य निर्धारण गरिएको छ। डि०६ र एम २०को क्रमशः २ लाख ३५ हजार र १ लाख ८५ हजार मूल्य तोकिएको छ। यी स्कुटरमा डबल ब्याट्री राख्न चाहेमा थप ६० हजार थप गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ।
कम्पनीकाअनुसार ती स्कुटर १५ रुपैयाँ बराबरको विद्युत खपत गरेर ८० किलोमिटर गुड्नसक्छ।