image
image

कोरोना कहरबीच आँधी तुफान–२ को सुटिङ सुरु 

काठमाडौँ । मदन घिमिरेको निर्देशनमा रहेको फिल्म आँधी तुफान–२ को सुटिङ सुरु भएको छ । बिहीबार चाबहिलस्थित एक पार्टी प्यालेसमा क्यामरा पुजा गर्दै फिल्मको छायाँकन सुरु गरिएको छ ।

नेपाली फिल्मका सफल लेखक मौनता श्रेष्ठले निर्माण गर्न लागेको फिल्ममा कनिजका कोइराल, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजलगायतको अभिनय रहनेछ ।

दशक अगाडिको हिट फिल्म ‘आँधी तुफान’को सिक्वेलको रुपमा यो बन्न लागेको हो । साउथ सुपरस्टार प्रभासको फिल्म ‘साहो’ भिलेन कनिज कोइराला फिल्ममा भिलेको रुपमा देखिँदैछन् ।

थ्रीलर र सस्पेन्स बिषयमा बन्न लागेको फिल्ममा रामशरण उप्रेतीको छायाँकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहने छ । नारायण चालिसे निर्माण नियन्त्रक रहेको फिल्मको छायाँकन काठमाडौं, काभ्रे र धुलिखेल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।