image
image

कोभिडका कारण रोकियो पाँच देश जाने विद्ययार्थीको ‘नो अब्जेक्सन’ पत्र

काठमाडौँ । कोभिड–१९ का कारण शिक्षा मन्त्रालयले दिने वैदेशिक अध्ययन स्वीकृतिपत्र अर्थात नो अब्जेक्सन लेटर वितरणको काम रोकेको छ । विदेश पढ्न जाने विद्ययार्थीले अनिवार्य रुपमा यो पत्र लिनुपर्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लैनचौर केशरमहलमा रहेको कार्यालयबाट ‘नो अब्जेक्सन’ पत्र वितरण गर्दै आएको थियो ।

तर कोभिड १९ का कारण जोखिम बढ्नुका साथै स्वास्थ्य मापदण्ड लागु भएपछि शिक्षा मन्त्रालयले पत्र वितरण गर्न रोक लगाएको हो । तत्काललाई जापान, अष्ट्रेलिया, चीन, दक्षिण कोरिया र बंगलादेश जाने विद्यार्थीलाई ‘नो अब्जेक्सन’ पत्र वितरण रोकिएको मन्त्रालयले विज्ञप्ति निकालेर जनाएको छ ।

यद्यपी विदेशमा रहेका विद्यार्थीको स्वीकृतिपत्र भने निरन्तर जारी गरिने मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ । नेपाली विद्यार्थी अध्ययनका लागि चीन, जापान र अष्ट्रेलिया धेरै जाने गरेका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।