अब बैंक तथा वित्तीय संस्था सम्बन्धी गुनासो वेबसाइटबाट सुनुवाई हुने
काठमाडौँ ०९ वैशाख । अब बैंक तथा वित्तीय संस्था सम्बन्धी गुनासो वेबसाइटबाट सुनुवाई हुने भएको छ । हाल नेपाल राष्ट्र बैंकले ग्राहकसँग निष्पक्ष, विश्वसनीय, र पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यवसायिक मूल्य र मान्यता कायम गर्न वित्तीय मध्यस्थता कायम गर्न छुट्टै वेबसाइट ल्याएको हो ।
बैंकले http://gunaso.nrb.org.np साइटमा गएर गुनासो दर्ता गर्ने र गुनासो दर्ता भएको जानकारी र दर्ता नं. इमेल मार्फत प्राप्त हुने बताएको छ । साथै दर्ता भएको गुनासोको अन्तिम निर्णय पनि इमेल मार्फत जानकारी गराइने उल्लेख गरेको छ ।
त्यस्तै राष्ट्र बैंकले यो सेवा बाट वित्तीय सेवा प्रदायकबाट हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैर जिम्मेवारी, लापरवाही, झुठो, गलत सूचना सम्प्रेषण, अपारदर्शी कारोवार जस्ता नकारात्मक व्यवहारहरु न्युनिकरण हुने विश्वास लिएको छ ।