image
image

थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । वीरगञ्जमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगञ्जकी ६१ वर्षीया महिलाको मृत्यु भएको हो ।

वैशाख ७ गते नारायणी अस्पतालमा भर्ना भएकी उनको बिहीबार बिहान सवा १ बजे मृत्यु भएको नारायणी अस्पतालमा कोभिड संयोजक सरोज रोशन दासले जानकारी दिए । बैशाख ३ गते नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । हाइफ्लो अक्सिजन दिएर समेत उनलाई बचाउन नसकिएको संयोजक दासले बताए ।

ती महिला वीरगञ्ज नर्सिङ कलेजमा भान्छेको रुपमा कार्यरत थिइन् । कलेजका प्रशासकीय अधिकृत सुरेन्द्र ओझाका अनुसार वैशाख ३ गते तीन जना भान्छेमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई होम आइसोलेसनमा राखिएको थियो । वीरगञ्ज नर्सिङ कलेजका २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

नारायणी अस्पतालमा ३१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरुमध्ये २९ जनालाई अक्सिजन दिएर राख्नुपरेको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।