image
image

निरन्तर बढ्दै सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार? 

काठमाडौँ ०९ वैशाख । विहिबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलाको २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 हिजो १३ सय रुपैयाँले बढेर ९२ हजारमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुन पनि तोलाको २ सय रुपैयाँले नै बढेको छ । हिजो ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन  आज तोलाको ९१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदीको मूल्य : 
आज चाँदीको मूल्य भने ह्वातै बढेको छ । हिजो तोलाको १० रुपैयाँले बढेको चाँदी आज तोलाको २५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको १३ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।