image
image

टोकियो ओलम्पिक फुटबलतर्फको तालिका सार्वजनिक

काठमाडौँ। आगामी जुलाई-अगष्टमा जापानमा आयोजना हुने टाकियो ओलम्पिकका लागि फुटबलतर्फको तालिका सार्वजनिक भएको छ । बुधबार स्विट्जरल्याण्डको ज्युरिचमा पुरुष र महिला दुवैतर्फको ड्र सार्वजनिक गरिएको हो ।

यू–२३ टिमले खेल्ने ओलम्पिकमा पुरुषतर्फ १६ र महिलातर्फ १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा पुरुषतर्फ चार वर्षअघिको विजेता ब्राजिल र उपविजेता जर्मनी एकै समूहमा परेका छन् । समूह डी मा ब्राजिल र जर्मनीसँगै आइभरीकोष्ट र साउदी अरेबिया छन् ।

यस्तै समूह ए मा आयोजक जापान, फ्रान्स, मेक्सिको र दक्षिण अफ्रिका छन् । समूह बी मा न्युजिल्याण्ड, दक्षिण कोरिया, होन्डुरस र रोमानिया परेका छन् भने समूह सी मा इजिप्ट, स्पेन, अर्जेन्टिना र अष्ट्रेलिया छन् ।

महिलातर्फ आयोजक जापान, क्यानडा, बेलायत र चिली समूह ए मा छन् । यस्तै समूह बी मा चीन, ब्राजिल, जाम्बिया र नेदरल्याण्ड्स तथा समूह सी मा स्वीडेन, अमेरिका, अष्ट्रेलिया र न्युजिल्याण्ड छन् ।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म हुँदैछ । फुटबलका खेल भने दुई दिन अघि जुलाई २१ मै शुरु हुनेछ र अगष्ट ७ मा सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।