image
image

नेपालले अझै पाएन कोभिसिल्ड

काठमाडौँ । सिरम इन्टििट्युटले बुधबार कोरोनाविरुद्धको कोभिसिल्ड खोपको नयाँ दर तय गरेको छ । अबदेखि सिरमले निजी अस्पताललाई ६ सय भारतीय रुपैयाँमा दिनेछ । यसअघि २ सय ५० भारतीय रुपैयाँमा सिरमले खोप उपलब्ध गराउँदै आएको थिया ।

राज्यका लागि खोपले ४ सय भारतीय रुपैयाँ तिर्नुपर्नेछ भने केन्द्रलाई १ सय ५० रुपैयाँ नै उपलब्ध गराइनेछ । सिरम आगामी दुई महिनामा खोपको उत्पादन बढाउने बताएको छ । हाल उत्पादन भएका ५० प्रतिशत खोप केन्द्र र बाँकी ५० प्रतिशत राज्य र निजी अस्पताललाई दिँदै आएको छ ।

कोभिसिल्ड खोप हाफ डोज दिँदा यसको प्रभावकारिता ९० प्रतिशत रहने बताइएको छ । एक महिनापछि फूल डोजमा प्रभावकारिता ६२ प्रतिशत रहेको बताइएको छ । बेलायती नियामक निकायले यसलाई ८० प्रतिशतसम्म प्रभावकारी मानिएको छ ।

भारतले १ मेदेखि १८ वर्षका माथिका सबैलाई कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको छ । यता, नेपालले भने कोभिसिल्ड खोपको १० लाख डोजका लागि अग्रिम भुक्तानी गरे पनि हालसम्म उक्त खोप प्राप्त गर्न सकेको छैन । यसले  ज्येष्ठ नागरिकहरूलाई लक्षित खोप अभियान प्रभावित हुनसक्ने चिन्ता विज्ञहरूले व्यक्त गरिरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।