यस्तो छ निफ्राले तोकेको नयाँ ब्याजदर
काठमाडौं ।नेपालको पहिलो पूर्वाधार बैंक नेपाल पूर्वाधार विकास बैंक (नीफ्रा) ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले वैशाख ०८ गते देखि लागू हुने ब्याजदर सार्वजनिक गरेको हो ।
अब व्यक्तिगततर्फको मुद्धती खातामा निक्षेपकर्ताले ७.२५ प्रतिशत ब्याज पाउनेछन् । यसका लागि कम्तीमा १ करोड रूपैयाँ निक्षेप राख्नुपर्ने र परिपक्व हुने समयअवधि ५ देखि १० वर्ष तोकिएको छ । त्यस्तै संस्थागत निक्षेपकर्ताले ५ वर्षका लागि ६.५ प्रतिशत र १० वर्षका लागि ६.६ प्रतिशत ब्याजदरमा निक्षेप लगानी गर्न पाउने बैंकले जनाएको छ ।
साथै कर्जा लगानीतर्फ नीफ्राले ‘ग्रीनफिल्ड’ क्षेत्रका लागि ९.५ प्रतिशत देखी ११ प्रतिशत , ‘ब्राउनफिल्ड’ क्षेत्रका लागि ९ देखि १०.५ प्रतिशत र ब्रिजग्याप कर्जाका लागि १० प्रतिशतदेखि ११.५ प्रतिशत ब्याजदर तोकेको छ ।
त्यसैगरी सार्वजनिक ब्याजदर अनुसर निफ्राले विदेशी मुद्रामा दिने कर्जाको ब्याज ‘लण्डन अन्तर बैंक अफर दर, लिबोर’ को सहकार्यमा तय गर्ने र विदेशी लगानीका लागि दिने कर्जाको ब्याजदर बैंकको कुपन दरमा ३ प्रतिशतसम्म प्रिमियम जोड्ने उल्लेख गरेको छ ।