image
image

 नक्कली रिपोर्ट देखाएर विदेश जाने एक सय २२ जनालाई एअरलाइन्सले फिर्ता पठायो

काठमाडौँ । काठमाडौँको सूर्या ल्याबमा कोरोना परीक्षण गराएको रिपोर्ट देखाएर विदेश जान लागेका एक सय २२ जनालाई विभिन्न एअरलाइन्सले फिर्ता पठाएको छ ।

सूर्या ल्याबको रिपोर्ट बोकेर विदेश जान लागेका एक सय २२ जनालाई एअरलाइन्स कम्पनीले फिर्ता पठाइदिएको त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल कार्यालयले बताएको हो । सूर्या ल्याबले नौ हजार रुपैयाँ लिएर स्वाब नै नलिइकन नेगेटिभ रिपोर्ट दिने गरेको खुलेपछि त्यहाँबाट रिपोर्ट लिएर विदेश जान लागेकाहरूलाई फिर्ता पठाइएको हो ।

मङ्गलवार सूर्या ल्याबमा छापा मार्दा नौ हजार रुपैयाँ लिएर स्वाब परीक्षण विना नै कोरोना नेगेटिभ रहेको रिपोर्ट दिने गरेको भेटिएको थियो । सूर्या ल्याबका ६ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ भने ल्याबमा सिलबन्दी गरिएको छ ।

सूर्या ल्याबको रिपोर्टका आधारमा विदेश जान समस्या रहेको भन्दै सचेत रहन विमानस्थलले आग्रह गरेको छ ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।