image
image

पानी परेपछि टीयु मैदानमा खेल रोकियो

काठमाडौँ। त्रिकोणात्मक टी(२० सिरिज अन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको नेदरल्याण्ड्स र मलेसियाबीचको खेल वर्षाका कारण रोकिएको छ ।

मलेसियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १०।२ ओभर खेल्दै ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेको थियो । त्यसपछि खेल रोकिएको छ ।

नेदरल्याण्ड्सले आज दुई मुख्य खेलाडी म्याक्स ओ डोड र स्कट उडवार्ड्सलाई आराम दिएको छ । मलेसियाले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइसकेको छ । नेदरल्याण्ड्सका बेन कुपर ३३ र कप्तान पिटर सिलार २९ रनमा अविजित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।