image
image

प्रदेश १ सरकारको गाडी मोह,  तीन वर्षमा एक अर्बको गाडी खरिद

विराटनगर ०८ वैशाख । विलासितामा आगाडी देखिएको प्रदेश १ सरकारले तीन वर्षको अवधिमा करिब एक अर्ब रुपैयाँ बराबरको गाडी खरिद गरेको छ । सरकारले तिन वर्षको  अवधिमा मुख्यमन्त्री, मन्त्रीहरुका लागि नयाँ गाडी खरिद गरेको छ भने मुख्यमन्त्रीका प्रेस सल्लाहकार, स्वकीय सचिव लगायतका लागि पनि सवारी साधन खरिद गरि चालू आवको खर्च भने रोक्का गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार हालसम्म ६४ करोड ४६ लाख ४३ हजार मूल्य बराबरको १०९ वटा चारपाङ्ग्रे, ८८ लाखका २ वटा बस, २३ करोड ५४ लाख ६९ हजारको ५ सय ९७ वटा मोटरसाइकल र ९८ लाख ९ हजारको ५२ वटा स्कुटर खरिद गरिएको छ ।

प्रदेश १ सरकारले सरकार गठनको पहिलो आर्थिक वर्ष २०७४/७५ मा ६ करोड २९ लाख ७९ हजार रूपैयाँको सवारी साधन खरिद गरेको थियो भने ०७५/०७६ मा ५५ करोड ६८ लाख ७२ हजार रूपैयाँ खर्चेको छ । गत आर्थिक वर्षमा सवारी खरिद बजेट बढाएर ५० करोड र पाँच करोड बढी रकमान्तर गरी गाडी खरिद गरिएको थियो ।

चालु आर्थिक वर्षमा एक अर्ब ४६ करोड ६ लाख ४७ हजार रुपैयाँ सवारी साधन खरिदमा बजेट छुट्याइएको थियो । तर कोरोनाका कारण यो वर्ष गाडी खरिद गर्ने कार्य मन्त्रिपरिषदको निर्णयबाट रोक्का गरिएको छ । त्यस्तै प्रदेश सरकारले तीन वर्षको अवधिमा इन्धन र सवारी मर्मतका लागि ५० करोड रुपैयाँभन्दा बढी बजेट खर्चिएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।