image
image

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

काठमाडौं ।  कालिमाटी फलफूल तथा तरकारी बजारमा आज गोलभेंडा, ब्रोकाउली र फर्सीको मूल्य बढेको छ  ।हिजो ८६ रुपियाँ रहेको ठूलो गोलभेंडा किलोमा ९ रुपियाँले बढेर आज ९५ रुपियाँमा किनबेच हुँदैछ ।  त्यस्तै आज ब्रोकाउलीको भाउ प्रतिकिलो १६६ रुपियाँ तोेकिएको छ । अघिल्लो कारोबार दिनमा भने यो १३६ रुपियाँ थियो । हिजोको तुलनामा ३० रुपियाँले बढेको हो । 

त्यसैगरी, यसदिन हरियो फर्सी किलोमा ९ रुपियाँले महँगो भएको छ । बुधबार ७६ रुपियाँ रहेको हरियो फर्सी आज कालिमाटीमा ८५ रुपियाँमा किन्नुपर्ने भएको छ । 

कालिमाटीमा बिहीबार बन्दा ७५, तनेबोडी ९५, भटमासकोसा १२५, लौका ४५, परवर ७५, घिरौंला ४५, भिन्डी ४५, कन्य च्याउ १८०, पार्सले १२५०, पुदिना ६५० र तामा ११० रुपियाँ किलोमा बिक्री भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।